बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

४ जेष्ठ २०७८, मंगलवार १२:०६ प्रकाशित

बारा ४जेठ :
बाराको कलैयामा दुई जना बालकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई जना छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब  ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाइएको छ ।

घटना बारे थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्राको टोली घटना स्थल पुगेको छ ।

स्थानीयहरुका अनुसार ती बालकहरुको शव मंगलवार बिहान मदर्शा टोलमा भेटिएको हो । सोमवार साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजो देखि नै सम्पर्क बिहिन भएका थि

४ जेष्ठ २०७८, मंगलवार १२:०६  मा प्रकाशित

Write your Comment