काठमाडौं ४ आषाढ :
युरो २०२० को पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले शुक्रबार स्लोभाकियालाई १-० गोलको नतिजामा पराजित गरेको छ ।
समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो । यद्यपि, ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।
सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले स्वीडेनलाई अग्रता दिलाएका थिए । स्लोभाकियामाथि हाबी बनेको स्वीडेनले सोही अग्रताको बचाउ गर्दै प्रतियोगिता पहिलो जित सुनिश्चित गर्यो ।
पहिलो खेलमा पोल्यान्ड २-१ को नतिजामा पराजित गरेको स्लोभाकियाको यो दोस्रो खेल हो । जितसँगै दुई खेलमा ४ अंक जोडेको स्वीडेनको नकआउट प्रवेशको सम्भावना प्रवल बनेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)