थप २२९७जनामा कोरोना संक्रमण पुष्टि,३१३० जना संक्रमणमुक्त,४६ जनाको मृत्यु

७ असार २०७८, सोमबार १७:३० प्रकाशित

काठमाडौं ७ आषाढ :
बितेको २४ घण्टामा थप २२९७ जनामा २२९७कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेकोछ ।

७ असार २०७८, सोमबार १७:३०  मा प्रकाशित

Write your Comment