बंगलादेशको राजधानी ढाकामा विस्फोट: सात जनाको मृत्यु, ५० घाइते

१४ असार २०७८, सोमबार २१:३६ प्रकाशित

ढाका १४ आषाढ :
बङ्गलादेशको राजधानी ढाकामा विस्फोटको बिष्फोट भएको छ । बिष्फोटमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझ ढाकाको मेघा बजारस्थित आरोङ कम्पनीको सोरूम नजिकै एउटा चार तले भवनमा विस्फोट भएको थियो ।

विस्फोटबाट भवन छेउछाउमा रहेका अन्य संरचनामा पनि क्षति पुगेको बताइएको छ । घटनाबारे प्रहरीले छानविन गर्ने जनाएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास विस्फोट भएको हुनसक्ने बताइएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

१४ असार २०७८, सोमबार २१:३६  मा प्रकाशित

Write your Comment