थप २३२८ जना संक्रमित,३०६६ जना संक्रमणमुक्त,१९ को मृत्यु

१९ असार २०७८, शनिबार १७:१६ प्रकाशित

बितेको २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले आज जानकारी दिएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

१९ असार २०७८, शनिबार १७:१६  मा प्रकाशित

Write your Comment