थप १,८७५ जनामा कोरोना संक्रमण, १,२८६ जना संक्रमण मुक्त,२९ जनाको मृत्यु

२४ असार २०७८, बिहीबार १८:४१ प्रकाशित

काठमाडौं २४ आषाढ :
बितेको २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना संक्रमण मुक्त भएका छन् ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

२४ असार २०७८, बिहीबार १८:४१  मा प्रकाशित

Write your Comment