२,२३९ जनामा कोरोना संक्रमण पुष्टी,१,३१६ जना संक्रमणमुक्त,२० जनाको मृत्यु

२५ असार २०७८, शुक्रबार १६:४४ प्रकाशित

बितेको २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

२५ असार २०७८, शुक्रबार १६:४४  मा प्रकाशित

Write your Comment