काठमाडौं ५ भाद्र
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारितय विदेशमन्त्री एस जयशंकरसंग होटलमा भेटन अस्विकार गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र नेपाल दुवैले जंयशंकर वसेको होटलमै भेट्न जांदा कूटनीतिक मर्यादा विपरित हुने भन्दै भेट्न अस्विकार गर्नु भएको हो । भारतिय दुतावासले प्रचण्डलाई बिहान ८ वजे र नेपाललाई त्यस पछी भेटमा बोलाएको भएपनि दुवै नेताले भेट अस्विकार गर्नु भएको हो । नेपालको दुई दिने भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतिय विदेशमन्त्री जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बस्नु भएको छ । पुर्वप्रधानमन्त्री समेत भएको कारण अर्को देशको विदेशमन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै दुवै नेताले भेट अस्विकार गरेको स्रोतको दाबी छ । तर,भारतिय दूतावासले भने यो वारेमा कुनै टिप्पणी गरेको छैन् । नेकपाका अध्यक्ष प्रचण्ड र नेपालले अस्विकार गरेपनि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई भेट्न उहा बसेको द्वारिकाज होटेलमै पुग्नु भएको थियो। जयशंकरलाई भेट्न उपप्रधानमन्त्री उपेन्द्र यादव समेत होटल द्धारिकाज पुग्नु भएको थियो । २०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउंदा उहा भारतको विदेशसचिव हुनु हुन्थ्यो। जयशंकर माथि विदेशसचिव हुंदा संविधान जारी नगर्न समेत दबाव दिनु भएको आरोप छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउनु भएका जयशंकर नेपाल आउनेवित्तिै प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नु भएको थियो ।उहाले बुधबार दिउंसो सामूहिक रूपमा र एक्लै प्रधानमन्त्रीसंग करिब २ घण्टा भेटघाट गर्नु भएको थियो । जयशन्करले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समेत भेटवार्ता गर्नु भएको हो ।