खुसीको खबर निफ्रा जस्तै IPO आउदै,१ अर्ब ५० करोडको आइपीओ जारी हुँदै,५०कित्ता सबैलाई पर्ने पक्का ? कहिले हुन्छत निष्कासन?

१६ श्रावण २०७८, शनिबार १६:०४ प्रकाशित

लगानीको अवसर,सबैलाई पर्नेगरी १ अर्ब ६० करोडको आइपिओ आउँदै, सबैको भागमा ५० कित्ता ? लगानीकाे अवसर : ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेकाे छ ।

बाेर्डले न्यादी हाइड्राेपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे ।

सेबाेनले श्रावण ११ गते अनुमति दिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण १४ गते अनुमति दिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन पेश गरेकाे हाे ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण १४ गते अनुमति दिएकाे हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन पेश गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेकाे छ ।

१६ श्रावण २०७८, शनिबार १६:०४  मा प्रकाशित

Write your Comment