भोलि देखी फेरी कडा लकडाउन सुरु हुँदै ! बिहान ७ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाईने

१६ श्रावण २०७८, शनिबार १६:४५ प्रकाशित

काठमाडौं । अर्घाखाँची जिल्लामा साउन १६ गते(शनिबार) राति १२ बजेदेखि पुनः लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन साउन ३० गते राति १२:३० सम्म जारी रहने छ ।

यस अवधिमा सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५१९ जना पुगेको छ । यसअघि दशौ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थपिएको थियो।अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको

१६ श्रावण २०७८, शनिबार १६:४५  मा प्रकाशित

Write your Comment