काठमाडौं १८ भाद्र :
कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडीमा समेटिएको भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो ।
अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरे । भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए ।
लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड पाएपछि भेनेजुएला घरेलु मैदानमा १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा अर्जेन्टिनालाई पुग्यो । पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
जोआक्विनले ७१औं र न्जनले ७४औं मिनेटमा गोल गरे । इन्जुरी टाइममा भेनेजुएलाका सोटेल्डोले पेनाल्टीमा गोल गरे ।
छनोटमा चौथो जित हात पारेको अर्जेन्टिनाले अपराजित यात्रा कायमै राखेको छ । अर्जेन्टिना ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ ।
१० टिम सहभागी छनोटमा भेनेजुएला ७ खेलबाट ४ अंकका साथ पुछारमा पुगेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)