काठमाडौं १२ भदौ
सरकारले २४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका प्रजिको सरुवा गरेको हो । गृहको निर्णयानुसार काठमाडौंमा झापाबाट जनकराज दाहाल आएका छन ्। रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । बारामा फडिन्द्रमणि पोखरेल ल्याइएको छ भने बाराका राजेस पौडेललाई सुनसरीमा सरुवा गरीएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर पुगेका छन्। जोशीको ठाउँमा धादिङका भगिरथ पाण्डेलाई ल्याइएको छ। सरकारले मोरङमा मदन भुजेललाई प्रजिअ बनाएको छ। रुपन्देहीमा महादेव पन्थी, र झापामा उदयबहादुर राणा पुगेका छन्। इलाममा सीताराम कार्कीको सरुवा भएको छ। धादिङमा आशमान तामाङ प्रजिअ बनेका छन्। सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का र कास्कीमा रमेश केसी प्रजिअ भएका छन्। मुस्ताङमा बेदप्रसाद अर्याल र जाजरकोटमा जनराज पन्त प्रजिअकारुपमा सरुवा भएका छन्। सरकारले रुकुम पूर्वमा मोहनप्रसाद अर्याललाई पठाएको छ। बझाङमा उमेश पाण्डे सरुवा पुगेका छन्। डा. कृष्णबहादुर घिमिरे धनकुटाका प्रजिअ भएका छन्। सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिना काभ्रेमा कायम मुकायम प्रजिअ भएका छन् । यसैगरी, उपसचिव सुरेन्द्र पौडेल नख्खु कारागार प्रशासन प्रमुख बनेर गएका छन् भने दीर्घनरायण पौडेल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन ।