विप्लव समूहका बारा सेक्रेटरी मिश्रा पक्राउ।

२७ भाद्र २०७६, शुक्रबार १८:३१ प्रकाशित

बारा ,२७भदौ 
विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई शुक्रवार प्रहरीले वीरगंजको श्रीपुरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मिश्रालाई श्रीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । फरार रहेका अभियुक्त मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतङ्कलगायतका आधा दर्जन भन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको हो ।
पक्राउ परेका मिश्रालाई बारा जिल्ला अदालतमा आज म्याद थपका लागि बुझाईएको र अदालतले अनुसन्धानका लागि पाँचदिनको म्याद थपेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । अभियुक्त मिश्रालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।

२७ भाद्र २०७६, शुक्रबार १८:३१  मा प्रकाशित

Write your Comment