पदाधिकारी १५ बाट १९ पुर्‍याउने प्रस्ताव,९९ सदस्यीय पोलिट्ब्युरो हुने

११ मंसिर २०७८, शनिबार ००:१२ प्रकाशित

नेकपा एमालेको पदाधिकारी संख्या थप हुने भएको छ । सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा महासचिव इस्वर पोखरेलले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गर्नु भएको हो ।

उहाले दुई उपाध्यक्ष र दुई उपमहासचिव राख्ने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।

नयाँ प्रस्तावअनुसार अब वरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् भने उपमहासचिव पनि तीन जना हुनेछन् ।

बैठकमा ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने प्रस्ताव समेत गर्नुभएको छ।

११ मंसिर २०७८, शनिबार ००:१२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment