प्रदेश नम्बर २ हाक्न यस्तो बन्यो एमालेको टिम

२ पुष २०७८, शुक्रबार १४:०३ प्रकाशित

नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो बैठकले प्रदेस नम्बर २ को इन्चार्ज र सह- इन्चार्जको जिम्मेवारी ७ जनालाइ दिइएको छ । प्रदेस इन्चार्जको जिम्मेवारी पुर्ब उपप्रधानमन्त्री तथा सचिब रघुबिर महासेठ्लाइ दिइएको छ ।
त्यसैगरि प्रदेश सह-इन्चार्जको जिम्मेवारी पुर्ब मन्त्री तथा स्थायी कमिटी सदस्य प्रभु साह,पुर्ब मन्त्री तथा पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेल,राष्ट्रिय सभाका सदस्य तथा पोलिट्ब्युरो सदस्य सुमन प्याकुरेल,पोलिटब्यूरो सदस्य अच्युत मैनाली,पुर्ब मन्त्री तथा पोलिट्ब्युरो सदस्य लिला श्रेष्ठ र पुर्ब मन्त्री तथा पोलिट्ब्युरो सदस्य ज्वाला साहलाइ जिम्मेवारी दिइएको पार्टी महासचिव शंकर पोखरेल द्वारा जारिगरिएको अन्तरपार्टी निर्देशनमा जनाइएको छ । त्यसैगरी प्रदेश अध्यक्षमा राम अबतार यादब,उपाध्यक्ष रेबती पन्त,सचिब डा.कृष्ण पौडेल,उपसचिव आरती भण्डारी र फर्मुद नदाव रहनुभएको छ ।
कार्यबिभाजन पछि आजै प्रदेश इन्चार्ज सहितको प्रतिनिधिमन्डलले जगनाथपुरको निरीक्षण गरेको छ ।
पौष ८ गते जगनाथपुरमा पार्टीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलिको प्रमुख आतिथ्यतामा बृहत् पार्टि प्रबेश कार्यक्रमको आयोजना हुँदै छ ।

२ पुष २०७८, शुक्रबार १४:०३  मा प्रकाशित

Write your Comment