बंगलादेशमा यात्रु बोकेको तिनतले पानीजहाजमा आगो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
शुक्रबार दक्षिणी बंगलादेशमा यात्रुले भरिएको सानो आकारको पानीजहाज (फेरी)मा आगो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।
उक्त पानीजहाजमा ढाकाबाट घर फर्किँदै गरेका मानिसहरू सवार थिए । आगलागीमा परी ज्यान गुमाएका ३२ जनाको शव प्राप्त भएको स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताएका छन् ।
तीन तले ओबिजान १० नामक फेरी नदीको बीच भागमा पुग्दा आगो लागेको हो । हामीले ३२ शव बरामद गरेका छौं तर, मृतकको संख्या बढ्न सक्छ’, मोइनुलले एएफपी समाचार माध्यमलाई भने, ‘अधिकांशको आगोमा जलेर मृत्यु भएको र नदीमा हाम फालेपछि केहीको डुबेर मृत्यु भएको छ ।’
पानी जहाजको इन्जिन रुमबाट शुरु भएको आगो चारैतिर फैलिएको पनि इस्लामले बताए । उनका अनुसार जलेर १०० जना घाइते भएको र घाइतेलाई अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा पानी जहाजमा भीषण आगो लागेको देख्न सकिन्छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)