प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा आज साझ भेटवार्ता भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री देउबाले अध्यक्ष ओलि समक्ष सत्तारुढ गठबन्धन भित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नु भएको छ ।
जवाफमा अध्यक्ष ओलिले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको एमालेले जनाएको छ ।
प्रधानमन्त्री सगको भेट्मा अध्यक्ष ओलि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमालको सहभागीता रहेको एमालेले जनाएको छ ।