टर्कीमा भएको बस दुर्घटनामा परि चेकका स्ट्राइकर सुरालको मृत्यु

१७ बैशाख २०७६, मंगलवार ०२:४० प्रकाशित

चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परि निधन भएको छ।

२८ वर्षिय सुरेलको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। सो दुर्घटनामा टर्किश क्लब आएत्मिज एलानयस्पोरका अन्य ६ खेलाडी पनि घाइते बनेका थिए। उनीहरू म्याच सकेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

सुराल यसै जनवरीमा सो क्लबमा आएका थिए। सो क्लबका अध्यक्ष हसान काभुसोग्लुका अनुसार बस चालक निदाएपछि बस दुर्घटनामा परेको थियो।

उनले चेकका लागि २० अन्तराष्ट्रिय खेल खेलेका छन्।

सुरालसहितका अन्य ६ खेलाडीले फर्किने क्रममा छुट्टै निजी मिनिबस भाडामा लिएका थिए।

चेक गणतन्त्रको फुटौबल संघले घटनामा दुःख व्यक्त गर्दै ‘सुराललाई सधैँ सम्झिने बताएको छ।

घाइते अन्य ६ को अवस्था सामान्य छ।

१७ बैशाख २०७६, मंगलवार ०२:४०  मा प्रकाशित

Write your Comment