आगामी ३ वर्ष भित्र सबै नागरिकको स्वास्थ्य बीमा !

२ जेष्ठ २०७७, शुक्रबार १७:२८ प्रकाशित

काठमाडौं २बैशाख
सरकारले ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।
आधारभूत बाहेकका स्वास्थ्य सेवाहरु क्रमशः थप गरिदै लगिने समेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय मार्फत निम्न कार्यक्रम समेटिएका छन ।

१. एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड ।
२. तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने ।
३. ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने ।
४. विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड ।
५. महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने ।
६. संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय शय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने ।
७. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड ।
८. एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड ।
९. राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड ।
१०. स्वास्थ्य सेवा संगठनको पुनर्संरचना गर्ने १२ लाख ७. खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड ।
११. स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख ।
१२. प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब ।
१३. एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड ।
१४. दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख ।
१५. संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्क गर्न १४ करोड ।
१६. राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड ।
१७. एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब ।
१८. स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न २ करोड ५० लाख ।

२ जेष्ठ २०७७, शुक्रबार १७:२८  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Kumarhanede Bahis Oynamak: Profesyonellerden İpuçlar

Write your Comment