नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ पुगेको छ । एकैपटक ५३ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ३५७ पुगेको हो । प्राप्त विवरणअनुसार बाँकेमा४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अञ्चलमा गरीएको परीक्षणमा ४६ जना पुरुष र १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी प्रादेशिक अस्पताल मोरङमा गरेको परीक्षणमा मोरङका १ जनामा संक्रमण देखिएको छ । त्यसैगरी भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मी का १ जनामा संक्रमण देखिएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १ जना पुरुष,रौतहटका १ जना पुरुष,दाङका १जना पुरुष र धादिङका१ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।