निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने सरकारको निर्णय

९ जेष्ठ २०७७, शुक्रबार १३:४३ प्रकाशित

काठमाडौं ९ जेठ
सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

९ जेष्ठ २०७७, शुक्रबार १३:४३  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Kumarhanede Bahis Oynamak: Profesyonellerden İpuçlar

Write your Comment