बारा ९ जेठ :
थप ९ जनामा कोरोना संकमण देखिएको छ । यो संगै नेपालमा संकमितको संख्या ५१६ पुगेको छ । प्राप्त विवरणअनुसार मकवानपुरमा १जना महिलामा, भक्तपुरमा १ महिलामा,सप्तरीमा १ जना पुरुषमा र बाराको सिम्रौनगढस्थित कंकाली क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
सिम्रौनगढमा संकमण देखिएकाहरू भारतबाट एक साताअघि नेपाल आएका ५२ जनालाई बुधबार गरिएको स्वाब परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हेटौंडास्थित प्रदेश जनस्वाथ्य प्रयोगशालामा बुधबार स्वाब परीक्षणका लागि पठाइएकोमा आज नतिजा आएको हो। विभिन्न कामको सिलसिलामा भारतमा रहेका उनीहरु सिम्रौगढ नगरपालिका १, २, ११ र ७ का हुन्।‘संक्रमित सबैलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको छ’, बाराका प्रजिअ पण्डितले भने। संक्रमित ६ जना ३८, ४५, ३४, २२, २५ र २७ वर्षका पुरुष छन्। आज संक्रमित पृष्टि भएका ६ जनासँगै बारामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ।