राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा७६(२)अनुसार नयां सरकार गठनका लागि आव्हान

२७ बैशाख २०७८, सोमबार २१:५२ प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा रहेका २ वा दुइ भन्दा बढीको दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई मिती २०७८ बैशाख ३० गते सांझ ९ बजे भित्र नेपालको प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरे द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२७ बैशाख २०७८, सोमबार २१:५२  मा प्रकाशित

Write your Comment