उपचारका लागि भारत जानुअघि बरिष्ठ नेता खनालद्वारा पार्टी एकताको आह्वान

२ असार २०७८, बुधबार १४:४६ प्रकाशित

काठमाडौं २ जेष्ठ :
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गर्नू भएको छ ।
विभाजन होइन एकता गर्ने-गराउने कार्यमा अगाडि बढौं भन्दै सबैमा उहांले आह्वान गर्नुभएको छ।

खनालमा एकपछि अर्को स्वास्थ्यमा समस्या देखिएका कारण आज भारत जानुभएको हो ।

उहांले सफल उपचारपछि आफू स्वदेश फर्किने बताउनुभएको छ।
देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि खनालको भनाइ छ।

फुट विनाशको बाटो भएकोले एकता गर्नुपर्ने उहांको भनाइ छ।

फुटबाट पार्टीलाई जोगाउन एकतावद्ध पार्न नेता तथा कार्यकर्तामा खनालले आह्वान गर्नू भएको छ । आफुलाई भेटन आउनुभएका महासचिव इश्वर पोखरेललाइ पनी हातैमा समातेर पार्टी एकता बचाउन आग्रह गर्नुभयो। त्यसैगरी स्वास्थ्य अवस्था बुझ्न आफुलाई फोन गर्नुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ, अहंकार र सबै तिता मिठा कुरा त्यागेर पार्टी लाई एकताबद्ध बनाउन आग्रह गर्नुभयो । उहाँले तपाईं पार्टी अध्यक्ष हो,पार्टी एकताबद्ध बनाउने जिम्मेवारी पनी तपाईं कै हो भन्नुभयो जवाफ मा अध्यक्ष ओलीले आफू त्यसका लागि पुर्णरुपमा लाग्ने बताउनुभयो ।

२ असार २०७८, बुधबार १४:४६  मा प्रकाशित

Write your Comment