परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीसँगै,गृहमा पौडेल,कस्को भागमा पर्यो कुन मन्त्रालय

१० असार २०७८, बिहीबार २०:५५ प्रकाशित

काठमाडौं १० आषाढ :
सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको थप जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र पराष्ट्रको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेलले गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कृष्ण गोपाल श्रेष्ठलाइ सशिक्षा सहित ५ मन्त्रालयल दिईएको छ ।
बसन्त कुमार नेम्वाङलाई भौतिक पुर्वाधार मन्त्रालयसहित ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी लिला श्रेष्ठ लाई कानुन मन्त्रालय सहित ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

१० असार २०७८, बिहीबार २०:५५  मा प्रकाशित

Write your Comment