खनाल-माधव समूहको निष्कर्ष : ओलीले बोलाएको बैठक अवैध, सहभागी नहुने

१७ असार २०७८, बिहीबार २०:२५ प्रकाशित

काठमाडौं १७ आषाढ :
नेकपा एमालेको खनाल-नेापल समूहले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ ।
यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिनुभयो ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त समितिले बोलाएको बैठकमा नजाने निर्णय गरेको उहांले बताउनुभयो ।

१७ असार २०७८, बिहीबार २०:२५  मा प्रकाशित

Write your Comment