एमाले कार्यदलमा एकताको सहमति, भोलि अन्तिम रुप दिइने

२५ असार २०७८, शुक्रबार २०:२० प्रकाशित

नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच करीब करीब सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताउनुभयो ।
उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उहांले जानकारी दिनुभयो । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।

त्यसैगरी कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले एकाद विषयबाहेक सबै बिषयमा सहमति जुटेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ” आधादर्जन विषयमा हामीले छलफल गरेका छौं एकाद बाहेक सबै बिषय टुंगिएको छ बाकी रहेको विषय पनि भोलि हामी टुंग्याएर अन्तिमरुप दिन्छौं ।

२५ असार २०७८, शुक्रबार २०:२०  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment