सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै, आजै मन्त्रीपरिषद बिस्तार हुनसक्ने

१४ श्रावण २०७८, बिहीबार ०८:२५ प्रकाशित

काठमाडौं १४ श्रावण :
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान ८ :३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् ।
प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलिमा नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।
सत्तारुढ दलहरुले पनि मन्त्री छनोटको जिम्मा पार्टीका शीर्ष नेतालाई दिएको अवस्था छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव बाबुराम भट्टराई, नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिइएको छ ।

एमाले माधव नेपाल पक्षले अहिलेसम्म के गर्ने निर्णय गरिसकेको छैन पार्टी एकताको पहल अगाडि बढेकोले सरकारमा सहभागी हुने कुरामा हतार नगरिएको जनाएको छ शेरबहादुर देउवालाई मतदान गर्ने २२ जना सांसद र तेस्रो तहका नेताहरुले भने तत्काल सरकारमा सहभागी हुनको लागि दबाव दिइरहेका छन् ।

१४ श्रावण २०७८, बिहीबार ०८:२५  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment