कोल्हबी नगरमा श्रेष्ठको बिदाइ महम्मद साबिरको आगमन

२६ फाल्गुन २०७८, बिहीबार २३:१५ प्रकाशित

बारा २६ फागुन :
कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठको आज एक समारोहका बिच बिदाइ गरिएको छ । श्रेष्ठको केहिदिन अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । झन्डै चार बर्ष कोल्हबी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नु भएका श्रेष्ठको कार्यसम्पादन उत्कृष्ट रहेको थियो ।
मन्त्रालयले श्रेष्ठको स्थानमा लामो समय कोल्हबी नगरपालिका मै स्वास्थ्य शाखा प्रमुख रहनु भएका महम्मद साबिर अन्सारि निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
श्रेष्ठलाई कोल्हबी नगरपालिकाका प्रमुख भरत भन्डारी,निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद साबिर,कर्मचारी र जनप्रतिनिधि हरुले बिदाइ गरेका थिए भने अन्सारिको पद बहाली गराइएको थियो ।
स्थानीय तहमा अबसर र चुनौती छ्न- प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ
आज मात्र बिदाइ हुनुभएका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले स्थानीय तहमा अवसर र चुनौती दुबै भएको बताउनुभएको छ । कामना खबर लाई संक्षिप्त्त प्रतिक्रिया दिदै मधेस प्रदेशमा काम गर्न गाह्रो छ भनेर चिन्तित हुनु नपर्ने स्पष्ट पार्दै जनप्रतिनिधि ,स्थानीयको भावना र कानुनको मर्मलाई बुझेर अघि बडन सके राम्रो परिणाम दिन सकिने उहाँको भनाई थियो । सबैले आफ्नो जिम्मेवारीलाई बुझेर काम गर्न सके समस्या नआउने समेत उहाले दाबी गर्नु भयो ।

२६ फाल्गुन २०७८, बिहीबार २३:१५  मा प्रकाशित

Write your Comment