आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै बाराको सिमरामा दीप प्रज्वलन गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु जितपुरसिमरा उपमहानगर कमिटीले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।
साथै,कार्यक्रममा पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर जस्ता बिषय उठाइएको थियो । कार्यक्रममा मधेस प्रधेसका सान्सद देवनारायण चौधरी, एमाले प्रदेश कमिटी सदस्यहरु मनोज पौडेल ,दिनेश ठाकुर,अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनाल,केस राजकुमार न्यौपाने,लक्ष्मी तिमल्सिना, एमाले जिल्ला सचिवालय सदस्य कमला घिमिरे,अमृतलाल श्रेष्ठ,तारा कार्की,रबिन्द्र खकुरेल,अनिता लम्साल,दिबाकर भन्डारि, लगाएयतको उपस्थित रहेको थियो ।
नगर अध्यक्ष ईश्वर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य त्रिलोक बिक्रम ठकुरिले विविध विषयमा आफ्ना भनाइ राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निर्जल घिमिरेले गर्नु भएको थियो ।
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
अज्ञात ३ जना यात्रुको खोजी तथा उद्दार जारी छ ।