बाराको सदरमुकाम कलैयामा सुबिधा सम्पन्न सभाहलको उद्घाटन

१२ माघ २०७९, बिहीबार २१:११ प्रकाशित

बारा १२ माघ :
बाराको कलैया उपमहानगरपालिकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले एक कार्यक्रमका बीच नगर सभागृह भवन निर्माणको शिलान्यास गर्नु भएको छ ।

कलैया उपमहानगरपालिकाले राष्टिय योजना आयोगको समपुरक बजेट रकम ५ करोड ६० लाख ९५ हजार३८८ रुपैँयाको लागतमा वडा नं.१ स्थीत पन्नाबागमा रामजानकी मन्दिरले प्रदान गरेको १३ कठ्ठा जमिनमा  नगर गौरवको योजनाकोरुपमा सुविधा सम्पन्न नगरसभा गृह निर्माण गर्न लागेको हो। उक्त कार्यका लागि साहु कन्ट्रक्सनसंग सम्झौता भएको छ । २०८० जेठ सम्ममा सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।

सभागृहको शिलान्यास गर्दै प्रमुख अतिथि समेतरहेका मुख्यमन्त्री यादवले गुणस्तरिय काममा ध्यान दिन आग्रह गर्नु भयो। उहाले सभा भबनको निर्माणले बाराको सदरमुकाम कलैयाम ठुला कार्यक्रम गर्न हुने कष्ट बाट छुट्कारा मिल्ने भएकोले सभाहल कोशे ढुङ्गा बन्ने बिश्वास गर्नु भयो । प्रधेस सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, प्रदेशसभा सदस्य रबिनदाश श्रेष्ठ, महमद समिर,संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेश सभा सदस्य पारस साह, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविन,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रमुख प्रशासकीय अधिकृत नाथु साहलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नरोत्तम अधिकारीले गर्नुभएको थियो ।

१२ माघ २०७९, बिहीबार २१:११  मा प्रकाशित

Write your Comment