माओबादिका कारण देश दुर्घटनामा पर्ने भयो -पोलिट्व्यूरो सदस्य पौडेल

२७ फाल्गुन २०७९, शनिबार १९:३४ प्रकाशित

नेकपा एमाले पोलिट्व्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माओबादिका कारण देश दुर्घटनामा पर्न लागेको बताउनुभएको छ । उहाले माओबादी अध्यक्ष प्रचण्डले ढुलमुले नीति लिएको उल्लेख गर्दै नयाँ बनेको गठबन्धन ठगबन्धन भएको भएको स्पष्ट पार्नु भयो । पार्टी कार्यकर्ताको एकताले नै यस्ता गठबन्धन परास्त पारिने उहाको भनाइ थियो ।
मिसन ग्रासरुट अभियान अन्तर्गत नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ को भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।
वडा नम्बर १६ का अध्यक्ष हरिदेब खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस कमिटि सदस्य मनोज पौडेल,किशोर शर्मा,राधेश्याम सिबाकोटि,चयन गुरुङ,प्रदेश सभा सदस्य रबिन्द्र श्रेष्ठ,जिल्ला सचिवालय सदस्य अनिल मैनाली,रमेस सापकोटा,सिमा ठकुरि लगायतको बोल्नुभएक रहेको थियो कार्यक्रमको सहजीकरण रबिन्द्रराज भन्डारिले गर्नुभएको थियो ।

२७ फाल्गुन २०७९, शनिबार १९:३४  मा प्रकाशित

Write your Comment