विदेशीको ईसारामा माधव नेपाल कांग्रेसको पुच्छर समाउन पुगे -सचिब महासेठ

१ चैत्र २०७९, बुधबार २२:२२ प्रकाशित

नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले माधब नेपाल विदेशीको इसारामा कांग्रेसको पुच्छर समाउन पुगेको बताउनुभएको छ । नेकपा एमाले रौतहट द्वारामिसन ग्रास रुट ” पार्टी सुदृढीकरण र विस्तार अभियान अन्तर्गत आयोजित जिल्ला स्तरीय प्रशिक्षणात्मक भेलामा बोल्दै महासेठले यस्तो बताउनुभएको हो । उहाँले माधब नेपालमा राष्ट्रबाद नभएको आरोप लगाउँदै नसुध्रिए जनताले तिरस्कार गर्ने बताउनुभयो ।     

छिमेकका सचिवको धम्किमा लुत्रुक्क परेर एमालेले प्रधानमन्त्री वनाएका प्रचण्ड कांग्रेसको काखमा रमाउन पुगे :पोलिटब्युरो सदस्य पौडेल
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले छिमेकका सचिवको धम्किमा लुत्रुक्क परेर एमालेले प्रधानमन्त्री वनाएका प्रचण्ड कांग्रेसको काखमा रमाउन पुगे पुगेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको डुले नीतिका कारण मुलुकमा ठूलो राजनैतिक तथा आर्थिक संकट आउन सक्ने दाबी समेत गर्नुभयो ।
” मिसन ग्रास रुट ” पार्टी सुदृढीकरण र विस्तार अभियान कार्यक्रम अन्तर्गत रौतहटले पहिलो चरणमा सवै पालिकामा पालिका कमिटी गठन गर्ने कार्य सकिएको छ ।
प्रदेश कमिटीका सदस्यहरु , जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु तथा जनसंगठनका केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरु सहभागी भेलामा २०० भन्दा वढि नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य प्रभु हजरा, रेखा झा, मन्जु थापा, सल्लाहकार भोजराज दहाल सहित प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक सचिदानन्द साहले, संचालन वालविक्रम कार्कीले र स्वागत मन्तव्य दिपक यादवको रहेको थियो ।

१ चैत्र २०७९, बुधबार २२:२२  मा प्रकाशित

Write your Comment