बारा २२ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा जिल्लाको क्षेत्र नम्वर २ लाइ खोसेर सप्तरी लैजाने षडयन्त्र गरिएको आरोप लगाउनु भएको छ । बाराको गडिमाइमा एमालेले आयोजना गरेको क्षेतृय कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उम्मेदवर पौडेलले यस्तो आरोप लगाउनु भएको हो । उपराष्टपती बन्न सासद पद चाहिदैन, जो सुकै नेपाली नागरिक बन्न सक्छ तर यश क्षेत्रबाट जितेका सान्सदलाइ यो क्षेत्र खाली गराउन उपराष्ट्पतिमा लडाएर षड्यन्त्र गरियो,अब जसपाले सप्तरी लैजान खोज्दै छ त्यो कुरा यो क्षेत्रका जनताले पूरा हुन न दिने समेत ठोकुव गर्नु भयो । पुर्बमन्त्री समेत रहेका उम्मेदवार पौडेलले लोकतन्त्र आएपछी यश क्षेत्रमा जसपाले २ पटक जित्यो,अरुलेपनी जिते तिनले के गरे यहाका जनता दुख,पिडामा छन जनताले सहारा खोजेर मलाइ बोलाएकोले आफू आएको उहाको भनाइ थियो । जनताको पीडा अन्त्य गर्ने जिम्मा मेरो हो पौडेलले भन्नू भयो । कार्यक्रमा जसपा,माओबादी केन्द्र र नेपाली काङ्रेस परित्याग गरि ३ दर्जन एमालेमा प्रबेश गरेका थिए । जिल्ला अध्यक्ष बिनोद साहको सभापतित्वमा सम्पन्न भेलाले पोलिटब्युरो सदस्य अच्युत मैनालिको सम्योजकत्वमा ५०१ सदस्यिय क्षेतृय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।