बारा २ मा एमालेको जित सुनिश्चित छ-उम्मेदवार पुरुषोत्तम पौडेल

२६ चैत्र २०७९, आईतवार १९:५१ प्रकाशित

बारा २६ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ । उहाले जनताको अपार माया र बिश्वास समर्थन बडदै गएको औलाउदै बैशाख १० गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । बारा क्षेत्र नम्बर २ को पचरौता बजारमा घरदैलो पछि आयोजित चुनाबी सभालाइ सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो बताउनु भएको हो ।
उम्मेदवार पौडेलले बिकाश निर्माणको काम गर्ने ,जेष्ठ नागरिक भत्ता,बालपोषण भत्ता दिने लगायतका काम एमालेले गरेकोले जनता एमालेको पक्षमा रहेको उहाको भनाइ थियो ।
सभामा पोलिटब्युरो सदस्य ज्वाला साह,अच्युत मैनाली केन्दृय सदस्य बलबिर चौधरि लगायतले बोल्नु भएको थियो ।   

२६ चैत्र २०७९, आईतवार १९:५१  मा प्रकाशित

Write your Comment