जनताले बारा २ मा एमालेलाइ बिजय गराउने छन – एमाले उम्मेदवार पौडेल

२९ चैत्र २०७९, बुधबार २०:०५ प्रकाशित

बारा २९ चैत्र :
निर्वाचन नजिकिए सगै बारा क्षेत्र नम्बर २ को राजनिती तातिदै गएको छ । राजनैतिक दलका उम्मेदावारहरुले घरदैलो, भेला, बैठक गरिरहेका छन ।
यसै बिच नेकपा एमाले पुलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलको सुबर्ण गाउपालिकाको वडा नम्बर ३ को चरमोहनामा घरदैलो तथा चुनाबी सभा सम्पन्न भएको छ । चुनाबि सभालाई सम्बोधन गर्दै पौडेलले जनताको समर्थन एमालेको पक्षमा रहेकोले यश क्षेत्रमा एमालेलाइ कसैले हराउन न सक्ने दाबी गर्नु भयो । उहाले भन्नू भयो “बृद्वभत्ता दिने पार्टी एमाले,जनताको काम गर्नेपार्टी,गाउगाउमा बिकास गर्ने पार्टि एमाले ” भएकोले जनताले एमालेलाइ बिजय गराउने दाबि गर्नु भयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरिमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासिले धुलो चटाउने दाबी गर्नु भयो । कार्यक्रममा ठूलो सन्ख्या उपस्थिती रहेको थियो ।
त्यसैगरी करैयामाइको वडा नम्बर ८ को नरहिमा एमालेको भेला सम्पन्न भएको छ । भेलामा एमाले केन्दृय कमिटि सदस्य रन्जना सरकार,प्रदेश सभा सदस्य देबनारायण चौधरी,अनेरास्वबियुका महासचिब नरेश रोकाया,प्रदेश कमिटी सदस्य मनोज पौडेल,केबल चौधरी,ढुण्डिराज उप्रेती,अनेरास्वबियु सचिब अन्जना सिबाकोटी,एमाले जिल्ला कमिटी सदस्य धनिराम चौधरी,अनेरास्वयु प्रधेस प्रदेश सह सम्योजक त्रिलोक बिक्रम साहलगायतले बोल्नु भएको थियो ।

२९ चैत्र २०७९, बुधबार २०:०५  मा प्रकाशित

Write your Comment