बारा ०२ बैशाख :
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा नेकपा एमालेको जित सुनिश्चित भै सकेकोले जनताको मन जित्ने गरि काम गर्ने बताउनुभएको छ ।बारा क्षेत्र नम्बर २ को करैयामाइ गाउपालिकाको मधुबन बजारमा आयोजित चुनाबी सभा लाइ सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो बताउनु भएको हो । चुनाबि सभालाई सम्बोधन गर्दै पौडेलले यश क्षेत्रमा जित्ने सान्सदले जनतालाइ धोका दिएको भन्दै आफु जितेर जाने बितिक्कै बारा २ को स्वास्थ्य,शिक्षा,खानेपानी र पुर्बाधार बिकासमा काम शुरु गर्बे बताउनु भयो उहाले अन्य दलले यस बारा २ लाइ उपेक्षा गरेको उहाको भनाइ छ । पौडेल्ले यी समस्या आफुले समाधान गर्ने बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य लाल बाबू पण्डितले एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबाहेक सबै उम्मेदवार यस अघि मन्सिर ४ मा चुनाब लडेर जनता बाट अस्विकृत भएको उल्लेख गर्दै बाराले पनी स्विकार न गर्ने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले अन्त बाट पाहुना आयका उम्मेदवारलाइ यहा का जनता ले मत नदिने दाबी गर्नु भयो ।
त्यसैगरी पोलिट ब्युरो सदस्य ज्वाला साह ले नेकपा एमाले गरिब जनता को मर्म र भावना बुझ्ने पार्टि रहेको बताउदै जातिबाद को नारा लाइ जनता ले पाखा लगाउने दाबि गर्दै नेकपा एमाले को उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भयो ।
रामाधार चौधरी को सभापतित्वमा सम्पन्न कार्यक्रममा बलबिर चौधरी ,सरस्वती चौधरी ,मन्जु थापा, त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायत का नेता हरु को उपस्थिति रहेकोे थियो ।कार्यक्रम मा यस क्षेत्र का हजारौं मतदाताको उपस्थित रहेको थियो ।
त्यसैगरी आजै उम्मेदवार पुरुषोत्तम पौडेलले देवताल गाउपालिकामा घर दैलो तथा मतदाता सग भेट घाट छलफल गर्नु भयको ।