जसपाको सरकारले मधेसमा भ्रष्टाचार गर्यो,जनताको काम गरेन- एमाले उम्मेदवार पौडेल

३ बैशाख २०८०, आईतवार २१:१५ प्रकाशित

बारा ०३ बैशाख :
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाको प्रदेश सरकारले मधेसमा बिकास न गरेर भ्रष्टाचार गरेको बताउनु भएको छ । उहाले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको समरक्षणमा भष्टाचार भएको दावी गर्नु भयो । बारा क्षेत्र नम्बर २ को लौतनमा आयोजना गरिएको घरदैलो तथा चुनाबी कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले यस्तो बताउनु भएको हो । उम्मेदवार पौडेलले भन्नू भयो ” जसपाले ५ बर्ष प्रधेस सरकार चलायो,यश क्षेत्रमा सान्सद र बिधायक पनि जसपा कै बने लौतन मधुबन -नयाबस्ती सडक धुलाम्मे छ “खानेपानीको समस्या छ,क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति कमजोर छ, सरकार भ्रष्टाचार गर्न तल्लिन छ । उम्मेद्वार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको बताउनु भयो ।

कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरिमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासिले धुलो चटाउने दाबी गर्नु भयो ।
त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले शिबचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्ने गरेको स्मरण गराउदै यश क्षेत्रमा २०६४ सालमा जितेर जादा पनि कुनि काम न गरेको बताउनु भयो ।
प्रमोद चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दृय सदस्य बलबिर चौधरी ,सरस्वती चौधरी , पलट चौधरी,त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरु को उपस्थिति रहेकोे थियो ।

३ बैशाख २०८०, आईतवार २१:१५  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment