बारा २ मा उपनिर्वाचनको सरगर्मी बढ्दै,एमाले र जसपा बिच मुख्य प्रतिस्पर्धा

७ बैशाख २०८०, बिहीबार ०७:२० प्रकाशित

बारा ७ बैशाख :
बैशाख १० गते हुने उपनिर्वाचनको दिन नजिकिदै जादा बारा क्षेत्र नं २ मा उमेदवार तथा दलहरुले आफ्नो प्रचार प्रसारलाई तिव्र पारेका छन् । यतिबेला सो क्षेत्रमा सत्तारुढ गठबन्धनका उमेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्वमन्त्रि पुरुषोत्तम पौडेल, जनमत पार्टिका शिवचन्द्र कुशवाह,आम जनता पार्टिका अरुण ज्ञवाली,राष्ट्रिय स्वतन्त्र पार्टिका रमेश खरेल लगायत ३४ जना चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन् ।
हेभिवेट उमेदवारहरुरहेको बारा २ मा नेकपा एमालेका पौडेल र जसपाका यादव बिच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ । सप्तरीबाट चुनाव हारेका यादव बारा २ मा यादव समुदायको बाहुल्यता रहेका कारण जातिय समिकरण र गठबन्धनदलको साथले गर्दा चुनाव जित्नेमा अशा बादिरहेको बताए । यता

एमालेका पौडेलले आफु बारा जिल्लाबासी भएको, बिगतमा सोहि भुभाग रहेका क्षेत्रमा चुनाव जितेको,पटक पटक बाराको बिभिन्न क्षेत्रबाट निर्वाचित भई जनताको काम गरेको, नेकपा एमालेको संगठन बलियो रहेको र आम जनताको बिश्वास आफुमा रहेको कारण चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
यस्तै गत मंसिर ४ को निर्वाचनमा सोहि क्षेत्रमा नेकपा माओवादि केन्द्रबाट उम्मेदवार बनी पराजय ब्यहोरेका शिवचन्द्र कुशवाह यस पटक सिके राउतको जनमत पार्टिबाट उमेदवार बनेका छन् । २०६४ मा माओवादिबाट संविधानसभा सदस्य बनेका कुशवाह त्यसपछि पटक पटक बिभिन्न दलमा प्रबेश गर्दै चुनाव लडेर हारेको बदला यसपटक जनमत पार्टिबाट बिजयि हुने आसामा रहेको बताए । यसपटक मधेशमा सिके राउतको प्रभाब र आफु २०६४ को सम्बिधान सभामा जितेका कारण यसपटक बारा २ ले आफुलाई सदनमा पुर्याउनेमा आशाबादि रहेको बताए ।
यता प्रभु साहको दल आम जनता पार्टिका उमेदवार बनेका अरुण ज्ञवाली पनि गत मंसिर ४ को चुनावमा सोहि क्षेत्रमा स्वतन्त्र उमेदवार भई चुनावमा पराजित भएका थिए । यस पटक प्रभु साहको साथ पाएका ज्ञवाली पनि आफुले चुनाव जित्ने आधार धेरै भएको बताए । अधिबक्ता समेत रहेका ज्ञवाली आफु यहिको भएकोले चुनाव जित्नेमा आशावादी रहेका बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिबाट उमेदवार बनेका पुर्व डिआईजि रमेश खरेल बारा २ बाट संसद पुग्ने आशाबादी रहेका छन् । उनिपनि मंसिर ४ गतेको चुनावमा काठमाण्डौ १ मा सुशासन पार्टिको उमेदवार भई पराजित भएका थिए । यसपटक घण्टीछापको लहर रहेकाले आफुलाई बाराबासीले जिताउनेमा आशावादी रहेका बताए ।
मंसिर ४को निर्वाचनमा बारा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयि भएका जसपाका रामसहाय यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त रहेको स्थानका लागि बैशाख १० गते उपनिर्वाचन हुदैछ ।

बारा २ मा हुने उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र जसपा बिच हुने देखिएको छ । दुई दलले गरेका चुनावी घरदैलो, कोणसभा र आम मतदाताको प्रतिक्रियाबाट बारा २ मा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका पुरुषोत्तम पौडेल र जसपाका अध्यक्ष उपेन्द्र यादव बिच नै हुने ग्राउण्डका साथै विश्लेषकहरुले बताएका छन् । यसअघि मंसिर ४ मा नेकपा एमाले र जसपाको गठबन्धनका उमेदवार बिजयी भएको यस क्षेत्रमा बैशाख १० मा यसपटक यी दुई दल बिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
सप्तरीमा पराजित भई बारा आएका यादवको सदन प्रवेशलाई एमालेका पौडेलले रोक्ने सम्भावना अधिक छ । यादव जातिको बाहुल्यता रहेतापनि यसपटक जातिए समिकरणले भन्दा बिकासको एजेण्डाले चुनाव जित्ने एमाले नेता पौडेलले बताए । उपेन्द्र यादवले मधेशको नाम भजाएर आफु र आफ्नो नातेदारको हितमा काम गरेकोले मधेशले मंसर ४ मा नै अस्विकार गरेकालाई बाराबासीले कुनै हालतमा स्विकार नगर्ने नेता पौडेलले बताए । बाराबासीले गैरजिल्लाका पराजित उमेदवारलाई आफ्नो जनप्रतिनिधि नबनाउने भन्दै जिल्लाबासीको नाता र बिगतमा आफुले बारा जिल्लामा गरेका बिकासका कामको मुल्याङकन नै आफ्नो जितको आधार रहेको बताए । चुनावी कार्यक्रममा देखिएको मतदाताको उत्साहले यसपटक बारा २ मा एमाले चुनाव जित्ने नेता पौडेलले बताए । एमालेको चुनाब प्रचारका लागि अध्यक्ष ओली लगायत शिर्ष नेताहरुको बारा आगमन समेत दिनप्रति दिन बाक्लिएको छ ।
यता जसरी पनि सदन छिर्ने मनस्थितिमा रहेका उपेन्द्र यादवले पनि आफ्नो चुनावी गतिबिधि तिब्र बनाएका छन् । उनि अहिले बारा २ को क्षेत्रमा घरदैलो तथा कोणसभामा ब्यस्त छन् । आफ्नो पार्टिले जितेको क्षेत्र तथा यादव बाहुल्य क्षेत्र भएकाले आफु जित्नेमा बिश्वस्त रहेको बताए ।
बारा २ मा पचरौता, महागढिमाई २ नगरपालिका, सुवर्ण ,देबताल,करैयामाईगरी ३ गाउपालिका र कोहल्वी नगरपालिकाको वडा नं ८ रहेको छ ।

बारा २ मा मतको अबस्था हेर्दा पचरौतामा एमालेको आधार क्षेत्र हो यहाँ एमाले अगाडि रहने छ जसपा सग प्रतिस्पर्धा हुने छ करैयामाईमा पनि एमाले र जसपा बिचमै प्रतिस्पर्धा हुनेछ । त्यसैगरि महागढिमाईमा एमाले,जसपा,जनमत र आम जनता पार्टि ( ४ )पार्टी बिच प्रर्तिस्पर्धा हुने छ । त्यसैगरी देवतालमा एमाले,जसपा र जनमत बिच प्रतिस्पर्धा हुने देखिएको छ भने सुबर्णमा पनि एमाले,जसपा र जनमतका बिचमै प्रतिस्पर्धा हुने देखिएको छ । कोहल्वी नगरपालिकाको वडा नं ८ मा भने एमाले धेरै अगाडि रहेको रहेको छ त्यसपछी रास्वपा र जसपारहेका छ्न । मतको अबस्था विश्लेषण गर्दा एमालेका पौडेल र जसपाका उपेन्द्र यादब बिच प्रतिस्पर्धा हुने देखिएको छ ।                                      को हुन् पुरुषोत्तम पौडेल ?
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्रि हुन् पुरुषोत्तम पौडेल । २०५१ सालमा तत्कालिन देवताल लगायत हर्दिया र मजरिया,पिप्रढी,रौवाहि गाबिस लगायत रहेको क्षेत्र नं ३ बाट निर्वाचित रहेका पौडेलले कलैया बिरगंज सडकखण्डको बगंरी खोला र दुधौरा खोलाको पुल निर्माण, मानवत मटिअर्वा सडकको सुरुवात गराएका थिए । पौडेलले २०७० को संबिधानसभा निर्वाचनमा बारा ६ बाट निर्वाचित भए पश्चात सिमरा- कोहल्वी सडक निमार्ण समेत सुरु गराएका थिए । सो अवधिमा उनले दुधौराको पुल ,बालगंगा र पसाह खोला पुल निर्माणका लागि बजेट समेत बिनियोजन गरेका थिए । हाल सिमरा कोहल्बि सडक खण्डको दुधौरा पुल पुर्णरुपमा तथा बालगंगाको पुल पुर्णरुपमा सन्चालन भएको छ भने पसाहखोला पुल निर्माण कार्य सुरु अझै सुरु हुन सकेको छैन । २०७०संबिधानसभा बाट बिदा भएपछि २०७४ मा क्षेत्र नं ३ मा बिजयी उमेदवारले काम नगर्दा सो पुलको निमार्णकार्य अलपत्र बनेको हो । दोस्रो अन्तराष्तृय विमान स्थलको अबधाराणा पौडेलले २०५१ सालमा अगाडि सारेका हुन । बारा जिल्लामा बिकास गर्ने नेताका रुपमा परिचित पौडेल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री समेत भएका थिए । पौडेल बारा जिल्लाका बौद्धिक तथा सरल नेताका रुपमा समेत चिनिदै आएका छन् ।

७ बैशाख २०८०, बिहीबार ०७:२०  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment