बाराको निर्वाचन २ : जनमत बाराका संयोजक र स्वतन्त्र उम्मेदवार सुरज साहद्वारा सूर्यमा मतदान गर्न अपिल,एमालेका पौडेलको जित बलियो बन्दै

९ बैशाख २०८०, शनिबार १५:२१ प्रकाशित

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै आम मदतातालाई सूर्य चिन्हमा मतदान गर्न विज्ञप्ति जारी गर्दै अपिल गरेका छन ।

उनले आफनो उम्मेदवारी निष्क्रिय रहने बताएका छन । तेलीले बिज्ञप्ति जारी गर्दै सुशासन र बिकासको प्रतिफल जनतामा पुर्याउन सक्ने नेता पौडेल मात्र भएको बताएका छन । बारा २ को निर्वाचनको मैदानमा राजनीतिको सर्वथा नैतीकहिन प्रहसन भइरहेको सन्दर्भ छ ।

सप्तरी जनताले परास्त गरेका जसपाका अध्यक्ष उपेन्द्र यादवको सत्ता बिना बाँच्न नसक्ने स्वार्थी प्रवृतिको प्रकटीकरण बारा २ मा भएको छ । जनताको मतद्वारा पराजीत यादव चोरबाटो सुदै संसद प्रवेश गर्न खोज्दा उनको सर्वत्र आलोचना भएको छ । उनले सप्तरीका जनताको आदेशको अपमान गरेको राजनीतिक बिश्लेकष्कहरुको टिप्पणी छ ।

बाराको क्षेत्र नं २ लाई आफू सत्तामा जाने भ¥याङ बनाउनेको बिरुद्ध एउटा बलियो उम्मेदवारको आवश्यकता भएको बेलामा स्वतन्त्र उम्मेदवार तेलीको यो निर्णयले उपेन्द्र बिरोधी ठुलो जनमताको प्रतिनिधित्व पौडेलले गर्ने भएका भएका छन ।

जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाछोडे जनमत पार्टि स्वतन्त्र उम्मेदवार तेलीले विज्ञप्ति जारी गर्दै भनेका छन ‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल गर्दछु ।
जनमत पार्टीका जिल्ला संयोजकको सर्मथन प्राप्त गरेपछि एमालेका नेता पुरुषोतम पौडेल पाँचदलीय गठबन्धनका बिरुद्ध साझा उम्मेदवार बनेका छन ।

९ बैशाख २०८०, शनिबार १५:२१  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment