मालपोत कार्यालय बाराका दुइजना खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ जेष्ठ २०८०, सोमबार १६:३२ प्रकाशित

काठमाण्डौ २९ जेष्ठ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

२९ जेष्ठ २०८०, सोमबार १६:३२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment