सुवर्ण गाउपालिकाको ११औ गाउ सभा सम्पन्न,३९ करोड बराबरको बजेट पारित

१० असार २०८०, आईतवार २२:५८ प्रकाशित

सुवर्ण गाउपालिकाको ११ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष राजेश यादवको सभापतित्वमा सभा सम्पन्न भएकोहो ।
सभामा अध्यक्ष यादबले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । गाउँ सभामा आव २०८०/०८१ का लागि ३९ करोड ५० लाख ९१ हजार ६ सय ४० रुपैयाको बजेट प्रस्तुत गरि पारित समेत गरिएको छ ।

गाउपालिका अध्यक्ष यादवले गाउपालिका भित्र रहेका सबै समस्या समाधान गर्न लागिपरेको बताए ।अध्यक्ष यादवले गाउँ बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । यादवले शिक्षा स्वास्थ्य खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
गाउ सभामा गाउपालिका उपाध्यक्ष पुनम कुमारी यादब ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, गाउ सभा सदस्यहरु,
सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सभामा बोल्दै प्रमुख प्रशासकिय अधिकृत वकिल पालले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । पालले आफुहरु बिच स साना कमि कमजोरी रहेको र त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउपालिका बनाउने बताए । ईमान्दारितापुर्वक सबै एकभएर गाउपालिकाको चौतर्फि बिकासका लागि अगाडी बढनु पर्ने उनको भानी थियो ।गाउपालिका अध्यक्ष यादवले उत्कृष्ट कर्मचारीहरुलाई फुल माला दोसल्ला सहित नगदले सम्मानित गरेका थिए । यसरी सम्मानित हुनेमा शिक्षा तर्फबाट माबीका प्रधानाध्यापक ईद्रीश मिया,निमावी तर्फबाट मोजाहिर मिया,प्राबी तर्फबाट रामेस्वर पास्वान र सम्भु प्रसाद यादव लाई सम्मानित गरिएको हो । यस्तै स्वास्थ तर्फबाट हफिज मिया,सुजित यादव लाई सम्मानित गरिएको हो । प्राबिधिक तर्फ ईन्जिनियर सुमित साह र ईन्जिनियर अमित यादव लाई सम्मानित गरिएको हो । सिअनमि मन्जु पान्डे र शिक्षा सहायकमा कृष्ण कुमारी चौरसियालाई अध्यक्ष यादवले सम्मनित गरेका थिए । अध्यक्ष यादवले यसरी राम्रो काम गर्ने कर्मचारी को उच्च सम्मान गर्दा अझ अन्य कर्मचारी ले पनि प्रभावकारी रुपले कार्य सम्पादन गर्ने र अर्को बर्ष त्यस्ता कर्मचारी लाई सम्मान गरिने बताए ।

१० असार २०८०, आईतवार २२:५८  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment