भ्रष्टाचार अन्त्यका लागि सबै एकजुट हुनु जरुरी छ -पूर्व मन्त्री पुरुषोत्तम पौडेल

२९ असार २०८०, शुक्रबार १७:५७ प्रकाशित

बारा २९ अषाढ :
बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम बारा जितपुरमा सम्पन्न भएको छ। जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री पुरुषोत्तम पौडेलले जिल्लामा नितीगत भ्रष्टाचार बढ्दै गएको र स्थानीय तहसम्म भ्रष्टाचार संस्थागत बन्दै गएको प्रती चिन्ता ब्यक्त गर्नु भयो उहाले सबै एकजुट भएर भ्रष्टाचारको अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । पुर्ब मन्त्री पौडेलले समाजमा भएका मानव अधिकारको हननका घटनाको जानकारी समेत सम्बन्धित संस्थालाई गराउन सहभागीहरु संग अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य मञ्जु थापा मगरले भ्रष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी नेकपा एमाले प्रदेश कमिटीका सदस्य मनोज पौडेलले विकासेकार्यालयहरुमा हरुमा बडि भ्रष्टाचार हुनेगरेको दृष्टान्त प्रस्तुत गर्दै उपभोक्ता र स्थानीय नागरिक सचेत भएमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने कुरामा जोड दिनुभयो । हरेक क्षेत्रमा मानवअधिकारको हनन् भएको कुरा उल्लेख गर्दै मानव अधिकार संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । प्रदेश सभाका पूर्व सदस्य सीता गुरुङले मानव अधिकार सम्रक्षणका लागि सबै एक हुनुपर्ने कुरामा जोड दिनुभयो। अन्तरकृया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारिले भ्रष्टाचार बिरुद्ध एकतावद्ध भएर पहल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफुबाटै सुरुवात गरेर मात्रै भ्रष्टाचार बिरुद्धको लडाईमा जीत हासिल हुने तर्क गर्नुभयो ।नेपालमा भ्रष्टाचारको सिमा बढदै गएको र भ्रष्टाचार रोक्नुको सट्टा केही जनप्रतिनिधि भ्रष्टाचारमै डुबेको कारणले गर्दा नेपाल झन भ्रष्टाचारमा अगाडि बढदै गएको वक्ताहरुले बताएको थियो ।
कार्यक्रममा बोल्दै नगरउधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानिय तहमा विकास बजेटको दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा ठुलो खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधीहरुले निर्वाचनमा भएको खर्च असुल गर्न खोज्दा भ्रष्टाचार बढदै गएको बताउनु भयो।
कार्यक्रममा,एमालेका प्रदेश सदस्य सिता गरुङ्ग,ईलाका प्रशासन कार्यालय सिमराका नि. प्रमुख तारा प्रसाद आचार्य, नेकपा एमालेका जील्ला सल्लाहकार सदस्य अफताब आलम, एमाले जीतपुरसिमरा उपमहानगर कमिटिका नगर उपाध्यक्ष त्रिलोक बिक्रम ठकुरी,नगरउधोग बाणिज्य संघका पुर्व अध्यक्ष संजय साह, वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता,जीतपुरसिमरा उपमहानगरपालिकाका न्यायीक सदस्य सिता उप्रेती, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का एमाले वडा अध्यक्ष अनिल गुप्ता, वडा नम्बर २ का एमाले पार्टि अध्यक्ष रविन्द्र खकुरेल लगाएतको उपस्थिती रहेको थियो ।मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरकृया कार्यक्रमको सहजीकरण मानव अधिकार एलाईन्स बाराका सचिव श्रीराम साहले गर्नुभएको थियो । त्यसैगरी एलाईन्सले असार २३ गते मानव अधिकार एलाईन्स बारा मुख्य सहयोगी रहने गरी शान्ति युवा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा ५ जना महिला र ९५ जना पुरुष सहित सय जनाले रक्तदान गरेका थिए ।

२९ असार २०८०, शुक्रबार १७:५७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment