समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले साउन १ देखीलागु गर्नु पर्ने श्रमिकको पारिश्रमिक हालसम्म बृद्धि नगरेर श्रमिकलाई नेपाल सरकारले आन्दोलित बनाउने काम गरेको आरोप सहित श्रमिक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन)ले एक बिज्ञप्ति जारी गदै आन्दोलनको घोषणा गरेको हो । व्हिनका मधेस प्रदेश कमिटीका अध्यक्ष हेमराज न्यौपाने र सचिव प्रेम चौधरीद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा देशमा आकर्षक रोजगारी नभएको कारण २०÷२५ हजार पारिश्रमिकको लागि युवा शक्तिकामको लागि विदेश जानवाध्यभएका छन । त्यसैले स्वदेशको रोजगारीमा संलग्न श्रमिकहरुको विस्वास जागृत गर्दै कामकालागि विदेश जानबाट युवाशक्ति रोक्न २०८० साल साउनबाट लागू हुने नया“ न्यूनतमपारिश्रमिक रु. २५०००÷– हजार कायम गरी असन्तुलितएवम् आकर्षण विहीन श्रम बजारलाई आकर्षक तथा मर्यादित बनाउन समग्र उद्योग टे«ड यूनियन नेपाल (ह्वीन) ले गत माघ १५ गते तत्कालिन श्रम मन्त्रीलाई ज्ञापन पत्रबुझाएको थियो ।
नेपालको संविधान २०७२ को धारा ३४ को उपधारा (१) र (२) मा “ सवै श्रमिकलाई उचितश्रम अभ्यास तथाउचितपारिश्रमिक सुविधा र योगदानमाआधारित सामाजिक सुरक्षाको हकहुने छ” भनेर स्पष्टसँग उल्लेख गरिएको छ । श्रम ऐन २०७४ को दफा १०७मा हरेक दुई दुई बर्षमाश्रमिकहरूको पारिश्रमिकनिर्धारण गर्नु पर्ने व्यवस्था रहेको छ ।
बिज्ञप्तिमा भनिएको छ हामीले सरकार तथा रोजगारदाताहरूसँग सम्पूर्ण श्रमिकहरूको न्यूनतमपारिश्रमिक नेपाल सरकारको प्रथमश्रेणीका कर्मचारी सरह कायम गरी श्रमिकवर्ग प्रतिको विभेद अन्तगर्न इण्डष्ट्रिअल आवद्ध १२ वटा टे«ड यूनियन संघहरुको तर्फबाट जोडदार मागगर्दै श्रम मन्त्रालय,समक्ष ज्ञापन पत्र२०८० असार २६ गते बुझाएर दवाव बढाएका थियौं ।
मधेश प्रदेश स्तरीय जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन),ल्आवद्ध नेपालकारखानाश्रमिक संघ र अन्टुफ आवद्ध अखिल नेपालऔद्योगिकमजदुर संघले संयुक्त रुपमारोजगारदाता र नेपाल सरकारलाई श्रमिकको पारिश्रमिक बृद्धि गर्न यही २०८० साउन १३ गतेबिरगंज स्थित घन्टाघरमानारा÷जुलुस सहितनगर परिक्रमा गरी आयोजितकोण सभाबाट साउन मसान्तभित्र श्रमिकको पारिश्रमिक बृद्धि नगरेमाभाद्र १ गतेदेखी अनिश्चितकालिन अवज्ञा आन्दोलनगर्ने घोषणा गरिएको थियो ।
उक्त घोषणा अनुसार नेपाल सरकारले साउनमसान्त सम्मश्रमिकको पारिश्रमिक बृद्धि गर्न गम्भिर नभएको कारण वाध्य भै श्रम ऐन २०७४ को दफा १२५ को अधिकार प्रयोग गरी यहीभाद्र १ गते देखी शान्तिपुर्ण अवज्ञा आन्दोलन शुरु गर्न मधेश प्रदेशमा संचालितउद्योगमाकार्यरत सम्पुर्ण श्रमिक र क्रियासिल टे«ड यूनियनहरुलाई सवै प्रकारको साथ, सहकार्य र ऐक्यवद्धताको लागिहार्दिक अपिलगर्दछौं ।
पहिलो चरण आन्दोलनका कार्यक्रमहरु :
मिति समय, कार्यक्रम,
२०८० भाद्र १गते, एक घन्टा धर्ना र नारावाजी
२०८० भाद्र ३ गते, दुई घन्टा धर्ना र नारावाजी
२०८० भाद्र ४ गते, तीन घन्टा धर्ना र नारावाजी
२०८० भाद्र ५ गते, चार घन्टा धर्ना र नारावाजी
२०८० भाद्र ६ गते, साझ ६ वजे मशालजुलुस
२०८० भाद्र ७गते ,आधा घन्टा सम्पुर्ण उद्योग बन्द बारा र पर्सा