नेकपा एसका केन्द्रीय परिषद् सदस्य इस्वर ढकालसहित एक सयजना नेकपा एमालेमा फर्किएका छन् । उनी सहित एकीकृत समाजवादीका जिल्ला सदस्य फुलेना यादब राजेश बछार,जिल्ला सल्लाहकार रामबिहारी चौधरी,छन्नु चौधरि,जितपुरसिमरा नगर सदस्यहरु रबिन्द्र दास,कन्हाइलाल थारु,अनेरास्वबियु जिल्ला सह सचिब अस्मिता रेग्मि,ग्यानु ढकासहित सिङो जितपुरासिमरा १२ नम्बर वडा कमिटी एमालेमा फर्किएको छ । साथै राप्रपाका पुर्ब जिल्ला सचिब बिरेन्द्र यादब पनि एमालेमा प्रबेश गरेका हुन । कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले पार्टिमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले अब मधेसमा एकीकृत समाजवादीको बोर्डपनि नरहने बताउनुभयो । उहाँले नेकपा एमाले लोकप्रिय बन्दै गएको उल्लेख गर्दै धेरैले पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्ने बताउनु भयो । उहाले एमालेले मधेश प्रदेशमा ०८४मा दुइतिहाइ भन्दा बढी सिट जित्ने दाबी गर्नु भयो । कार्यक्रममा पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्युत मैनालि, केन्द्रीय सदस्यहरु मन्जु थापा,अरबिन्द सिह,सरस्वती चौधरी, प्रदेश कमिटी सदस्यहरु देबनारयाण चौधरी,सुन्दर बिक,मनोज पौडेल,किशोर शर्मा,ढुन्डिराज उप्रेती,सीता गुरुङ,दिनेश ठाकुर ,चयन गुरुङलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम जितपुरसिमरा उपमहानगरकमिटिका अध्यक्ष भोला अधिकारिको सभापतीत्वमा सम्पन्न भएको हो ।