तीन जिल्ला लाइ अधिबेशनमा जुटन एमाले मधेस प्रदेशको निर्देशन

२८ आश्विन २०८०, आईतवार २०:४४ प्रकाशित

नेकपा एमाले मधेस प्रदेश प्रथम अधिबेशन बाट निर्वाचित मधेस प्रदेश कार्यालय (पदाधिकारी ) को पहिलो बैठक अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा बस्यो । बैठकमा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई,केन्द्रीय कमिटी सचिव रघुबिर महासेठ लगायत पोलिटब्युरो, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरुको विशेष उपस्थित रहेको थियो ।
बैठकले प्रथम मधेस प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता समर्थक सूभचिन्तक तथा सहयोगीहरु प्रती हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेश प्रदेशका सबै पालिका कमिटिहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले यसअघि तय गरिएको जिल्ला अधिवेशनहरु महोत्तरीको जिल्ला अधिवेशन मन्सिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुटन जिल्ला कमिटीलाई निर्देशन दिएको मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।
बैठकले प्रदेश कमिटीका अध्यक्ष चन्देस्वर मण्डल सहित उपाध्यक्ष विचारी प्रसाद यादव सचिव मनोज पौडेल, उपसचिवहरु आरती भण्डारि र मोहमद कैस रहेको कार्यालय गठन छ ।
बैठकले नव निर्वाचित प्रदेश कमिटिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बिजया दशमिको लगतै गर्ने निर्णय गरेको सचिब पौडेलले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले पार्टीका तत्कालिन सचिव डा.कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणिय क्षति भएको निष्कर्श निकाल्दै उहा पर्ती हार्दिक श्रदान्जली अर्पण गर्नुका साथै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न पार्टी पन्क्तिमा अनुरोध गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गरेको छ ।

२८ आश्विन २०८०, आईतवार २०:४४  मा प्रकाशित

Write your Comment