प्रधानाध्यापक रुपेस स्वर्णकारको हत्याका मुख्य अभियुक्त सुजित सिंह पक्राउ

१० पुष २०८०, मंगलवार २२:२९ प्रकाशित

प्रधानाध्यापक रुपेस स्वर्णकारको हत्याका मुख्य अभियुक्त अहिले राती करिब ९ः३० बजे बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताउनु भएको छ । उनलाई प्रहरीले एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो ।
बाराको बिश्रामपुर गाँउपालिका वडा नं. ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफलेले बताउनु भएको छ । सिहको दुवै खुट्टामा गोली लागेको छ ।

गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

स्वर्णकार अन्नपूर्ण स्विट्स बाट मिठाई किनेर मोटरसाइकलमा बिद्यालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले यस अघिनै पत्रकार सम्मेलन गरी जनाएको छ । खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिह यस अघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी छ ।

१० पुष २०८०, मंगलवार २२:२९  मा प्रकाशित

Write your Comment