एमाले रौतहट जिल्ला परिषद बैठकको महासचिब पोखरेलले माघ १८ गते उद्घाटन गर्ने

१७ माघ २०८०, बुधबार १७:१६ प्रकाशित

नेकपा एमाले रौतहटको जिल्ला परिषद् बैठकको माघ १८ गते गौरमा हुने भएको छ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुहुनेछ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रौतहटका इन्चार्ज पुरुषोत्तम पौडेलले बताउनु भयो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू ,जिल्ला कमिटी सदस्यहरू, जिल्ला अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरु ,मधेस प्रदेश अधिवेशनका प्रतिनिधिहरु ,पालिका तथा वडा पदाधिकारी र जनसंगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहने इन्चार्ज पौडेलले बताउनु भयो ।                   

१७ माघ २०८०, बुधबार १७:१६  मा प्रकाशित

Write your Comment