पूर्व प्रधानमन्त्री केपि ओलि द्वारा प्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

४ जेष्ठ २०८१, शुक्रबार २१:४५ प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन  गर्नुभएको छ । पालिकाको प्रसौनिमा निर्माण गरिएको भवनको उहाँले आज शुक्रबार उदघाटन गर्नुभएको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि गाउँपालीकावासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो भवन वन्नका लागि होइन, जनतालाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनका लागि हो ।त्यस्तै पूर्व प्रधानमन्त्री केपि शर्मा ओलि फरक प्रसङमा बोल्दै एमालेको मिसन २०८४ सुरु भएको र २०८४ को चुनावमा एमालेले सात वटै प्रदेशमा आफ्नो सरकार बनाउने गरि अगाडि बढिरहेको बताउनुभयो ।

उदघाटन समारोहमा उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माण मन्त्री रघुबिर महासेठ,कृषि तथा पशुपन्क्षी बिकास मन्त्री ज्वाला कुमारी साह,पुर्बमत्री पुरुषोत्तम पौडेल, संघीय सासद किसान श्रेष्ठस,अच्युत मैनालिसहभागी हुनुहुन्थ्यो ।

३ करोड ४१ लाख ८९ हजार ५ सय ५ रुपियाँ  लागतमा बनेको एक तले भवनमा ६  कोठा छन् । सो भवन संघीय सरकारको लगानीमा बनेको छ  ।  प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद साहले  प्रशासनिक सेवाका लागि अब भवनको अभाव नरहेको बताउनुभयो । साघुरो भवन बाट सेवा सञ्चालन गर्दै आएको पालिकाले अबदेखि आफ्नो नियमित कामहरु नवनिर्मित भवनबाट समेत सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उक्त नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो ।नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा कलैया उपमहानगर प्रमुख बिनोद साह,बिश्रामपुर गाउँपालिका प्रमुख जुल्फिकार अलि भुटो ,जीतपुरसिमरा उपमहानगर प्रमुख भोला अधिकारी लगाएत गाउँपालिकाको कर्मचारी र स्थानियहरुको उपस्थिति रहेको थियो ।

४ जेष्ठ २०८१, शुक्रबार २१:४५  मा प्रकाशित

Write your Comment