प्रभु साहले घोषणा गरेको पार्टीमा न बस्ने सान्सद किरण साहको घोषणा

१४ पुष २०७९, बिहीबार १९:०२ प्रकाशित

प्रभु साहले आज घोषणा गरेको आम जनता पार्टीमा आफू नबस्ने रौतहट बाट प्रतिनिधि सभामा निर्वाचित सान्सद किरण साहले बताउनु भएको छ । उहाले आफ्नो सहमति बिना आफ्नो स्वार्थ पूरा गर्न नाम राखिएको स्पष्ट समेत पार्नु भएको छ । साहलाइ आज घोषणा गरिएको पार्टीमा संसदीय बिभागको प्रमुख राखिएको छ । किरण साहले जारि गरेको प्रेश नोट
#कपोकल्पित_एवं_भ्रामक_समाचारप्रति_गम्भीर_ध्यानाकर्षण_भएको छ।
आम जनता पार्टी घोषणा भएको विभिन्न मिडिया मार्फत सुनेको खबरले मेरो नाम जोडेर संसदीय बिभाग प्रमुख नियुक्त गरेको सुन्दा अचम्मित भएको छु। मेरो बिना कुनै समर्थन आफु खुसी नाम राख्ने समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । आज को यो भीष्म परिस्थितिमा हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको छ त्यसको समाधान तीर लाग्नुको सटा  आफ़नो ब्यक्तिगत स्वार्थका कारण  अस्थिरताको खाडलमा धकेलने र नया नया पार्टी खोली देशलाई झन अस्थिरता तिर लानु नै मेरो बुझाइ रहेको छ यस्तो गति विधि गर्ने जो कोहि प्रती पनि मेरो असमर्थन रहने छ भन्ने जानकारी गराउदछौ ।क्रान्तिकारीहरु एकताबद्ध हुनु पर्ने बेलामा र वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि बृहत मानवीय एकता ,मानव सभय्ता र संस्कृतिको ख्याल नगरी त्यो सबैलाइ कुल्चिदै आफ्नो ब्यक्तिगत उचाइ हासिल गर्नको निम्ति कसैको नाम जोड्नु दु:खद हो। यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ ।यथार्थ नबुझि यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सम्पुर्ण नेता कार्यकार्ता र सुभचिन्तकहरु सबैमा  आग्रह गर्दछु ।🙏🙏🙏 धन्यवाद                   

१४ पुष २०७९, बिहीबार १९:०२  मा प्रकाशित

Write your Comment